भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाशिवरात्रीको अवसरमा १०८ फिट अग्लाे सरस्वती मूर्ति तथा बाल्मीकेश्वर मन्दिरको शिलान्यास

महाशिवरात्रीको अवसरमा १०८ फिट अग्लाे सरस्वती मूर्ति तथा बाल्मीकेश्वर मन्दिरको शिलान्यास

भक्तपुर । नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै कसुर बाँकी नराख्ने चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले बताएका छन् । महाशिवरात्रीको अवसरमा शुक्रबार १०८ फिटको सरस्वती मूर्ति तथा बाल्मीकेश्वर मन्दिर निर्माणको शिलान्यास गर्दै यस्तो बताएका हुन ।

बाल्मीकेश्वर संरक्षण समाजको आयोजनामा भएको उक्त कार्यक्रममा मेयर खत्रीले नगरपालिकाले धार्मिक, पर्यटकीय क्षेत्रको विकास लागि आवश्यक पूर्वाधार निर्माणका कार्यलाई अघि बढाएको धारणा राखे । सबैको विश्वास, आस्था र भरोसालाई जोगाई राख्न दुबै मन्दिरको निर्माण गरिने बताए ।

मेयर खत्रीले धार्मिक, ऐतिहासिक, पुरातात्विक क्षेत्रको संरक्षण सम्बद्र्धन गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको बताए । ९ वटै वडालाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग निर्माण, नगरकोट भ्रमण वर्ष २०८२ को पूर्व तयारीका लागि आवश्यक कार्यक्रम गरिरहेको, नगरको सम्पत्तिका रुपमा रहेको भाषा, धर्म, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन एवं विकास गर्ने नीति लिएको मेयर खत्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.