भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चाँगुनारायणका वडाहरूमा आगलागी सुरक्षा अभिमुखीकरण शुरू

चाँगुनारायणका वडाहरूमा आगलागी सुरक्षा अभिमुखीकरण शुरू

दुवाकोट, २८ चैत । चाँगुनारायण नगरपालिकाले आफ्ना वडाहरूमा आगलागी सुरक्षा सम्बन्धी अभिमुखीकरण र अग्नि नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रम शुरू गरेको छ। यो कार्यक्रम जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहकार्य र वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा सञ्चालित छ।

सुख्खा मौसम र गर्मीका कारण आगलागीका घटना बढिरहेको अवस्थामा समुदायमा सचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको नगरप्रमुख जीवन खत्रीले बताए। उनले सम्भावित विपद् रोकथाम र जोखिम कम गर्न नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको उल्लेख गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईंले गत वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरी मनसुनजन्य विपद्बाट नगरवासीलाई जोगाउन प्रभावकारी योजना लागू गर्ने बताए।

त्यसैगरी कार्यक्रम वडा नं. ४ मा वडाध्यक्ष रोजबहादुर तामाङ, वडा नं. ५ मा जयन्द्र खड्का, वडा नं. ७ मा श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा नं. ८ मा कार्यवाहक वडाध्यक्ष अनिता परियार र वडा नं. १ मा सिजन कार्कीको अध्यक्षतामा सम्पन्न भयो। वडाध्यक्षहरूले यस्ता कार्यक्रमले आगलागी रोकथाम र नियन्त्रणमा जनचेतना फैलाउन सहयोग पुग्ने बताए। अभिमुखीकरणमा वडा सदस्य, ज्येष्ठ नागरिक, युवा, महिला, स्वयंसेवक र कर्मचारीहरू सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले ग्यास सिलिन्डर चुहावटबाट हुने आगलागीले ठूलो क्षति निम्त्याउने भन्दै यो कार्यक्रमले रोकथाम र नियन्त्रणमा सहजता ल्याउने बताए। उनीहरूले आगलागी, चट्याङ, सडक दुर्घटना, महामारी र भूकम्पजस्ता विपद्बाट बच्ने उपायबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सचेतना फैलाएकोमा नगरपालिकालाई धन्यवाद दिए।

वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक सोम प्रधानले सरकारी र गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी विपद् जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको बताए। उनले नगरपालिकाले प्राथमिक उपचार र खोज उद्धारमा दक्ष स्वयंसेवक तयार गरेको जानकारी दिए।

त्यस्तै योजना शाखा प्रमुख अनुप लामिछानेका अनुसार चैत २४ बाट शुरू भएको यो कार्यक्रम सबै वडामा क्रमशः सञ्चालन हुने बताए । अभिमुखीकरणमा आगलागीका कारण, नियन्त्रणका उपाय र स्थानीय स्रोत प्रयोग गरी आगो निभाउने तरिकाबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएकाे थियाे । साथै, फायर एक्स्टिंग्विसरको प्रयोग पनि सिकाएकाे थियाे । 

वडा नं. ७ मा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कोषाध्यक्ष प्रदिपकुमार केसीले नगरपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेको बताए। विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले प्रत्येक समुदायमा प्रथम उद्धारकर्ता टोली तयार गर्नुका साथै विद्यालय र समुदायमा सचेतना कार्यक्रम चलाइरहेको जानकारी दिए।

कार्यक्रममा दिनेश थापा, राजकुमार लम्साल, दिवाकर पौडेल, सञ्जय अवाल, रेडक्रसबाट ऋषि खड्का, जुद्ध बारुणयन्त्रबाट सानुराम दाहाल, अनिल कपाली, मुनाल ढकाल र अमन सिंख्वालले सैद्धान्तिक र प्रयोगात्मक प्रदर्शन गरे।

 


Thali Mobile Pvt.Ltd.