भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

यात्राकाे योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

यात्राकाे योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

काठमाडौँ, २८ चैत । बाढी र पहिरोका कारण नेपालका मुख्य राजमार्गहरूमा अवरोध कायमै छ। विशेषगरी कर्णाली प्रदेशका तीनवटा राजमार्ग पूर्ण रूपमा बन्द छन् भने बागमती र सुदूरपश्चिम प्रदेशका केही सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा छन्।

पूर्ण अवरुद्ध राजमार्गहरू
प्रहरीका अनुसार कर्णाली प्रदेशमा रहेका निम्न राजमार्गहरू बाढी र पहिरोले बन्द भएका छन्:

राप्ती राजमार्ग (रुकुम पश्चिम): मुसिकोट-११, पृतिवाङ खोलामा चैत २६ गते आएको बाढीले सडक भत्काएपछि पूर्ण अवरुद्ध।
सुर्खेत-हुम्ला सडकखण्ड (कालिकोट): पचालझर्ना-८, जाजरकोटमा पहिरोले सडक बन्द।
जाजरकोट-सडकखण्ड (सल्यान): बनगार कुपिन्डे-११, धारापानीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध।

एकतर्फी सञ्चालनमा रहेका सडकहरू
बागमती प्रदेशको काभ्रेपलान्चोकमा गत असोजको पहिरोले प्रभावित बीपी राजमार्गका तीन स्थान अझै पूर्ण रूपमा सुचारु भएका छैनन्। यी ठाउँमा सडक एकतर्फी मात्र चलिरहेको छ:

रोशी-८, चारसयवेशी
रोशी-७, घुमाउने
रोशी-११, पिप्ले
यस्तै, धादिङको बेनिघाटरोराङ-७, कृष्णभिरमा पहिरोले सडक एकतर्फी बनाएको छ। सुदूरपश्चिमको दार्चुलामा गोकुलेश्वर-दार्चुला सडकखण्डको महाकाली-५ मा पनि पहिरोका कारण एकतर्फी मात्र सवारी चलिरहेका छन्।

यात्रुहरूलाई सुझाव
बाढी र पहिरोका कारण अवरुद्ध सडकहरू सुचारु गर्न सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ। तर, मौसमको अनिश्चितताले यात्रा योजना बनाउँदा सावधानी अपनाउन र वैकल्पिक मार्गको जानकारी राख्न सुझाइएको छ।

यात्रा योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

 


Thali Mobile Pvt.Ltd.