भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

यात्राकाे योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

यात्राकाे योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

काठमाडौँ, २८ चैत । बाढी र पहिरोका कारण नेपालका मुख्य राजमार्गहरूमा अवरोध कायमै छ। विशेषगरी कर्णाली प्रदेशका तीनवटा राजमार्ग पूर्ण रूपमा बन्द छन् भने बागमती र सुदूरपश्चिम प्रदेशका केही सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा छन्।

पूर्ण अवरुद्ध राजमार्गहरू
प्रहरीका अनुसार कर्णाली प्रदेशमा रहेका निम्न राजमार्गहरू बाढी र पहिरोले बन्द भएका छन्:

राप्ती राजमार्ग (रुकुम पश्चिम): मुसिकोट-११, पृतिवाङ खोलामा चैत २६ गते आएको बाढीले सडक भत्काएपछि पूर्ण अवरुद्ध।
सुर्खेत-हुम्ला सडकखण्ड (कालिकोट): पचालझर्ना-८, जाजरकोटमा पहिरोले सडक बन्द।
जाजरकोट-सडकखण्ड (सल्यान): बनगार कुपिन्डे-११, धारापानीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध।

एकतर्फी सञ्चालनमा रहेका सडकहरू
बागमती प्रदेशको काभ्रेपलान्चोकमा गत असोजको पहिरोले प्रभावित बीपी राजमार्गका तीन स्थान अझै पूर्ण रूपमा सुचारु भएका छैनन्। यी ठाउँमा सडक एकतर्फी मात्र चलिरहेको छ:

रोशी-८, चारसयवेशी
रोशी-७, घुमाउने
रोशी-११, पिप्ले
यस्तै, धादिङको बेनिघाटरोराङ-७, कृष्णभिरमा पहिरोले सडक एकतर्फी बनाएको छ। सुदूरपश्चिमको दार्चुलामा गोकुलेश्वर-दार्चुला सडकखण्डको महाकाली-५ मा पनि पहिरोका कारण एकतर्फी मात्र सवारी चलिरहेका छन्।

यात्रुहरूलाई सुझाव
बाढी र पहिरोका कारण अवरुद्ध सडकहरू सुचारु गर्न सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ। तर, मौसमको अनिश्चितताले यात्रा योजना बनाउँदा सावधानी अपनाउन र वैकल्पिक मार्गको जानकारी राख्न सुझाइएको छ।

यात्रा योजना बनाउँदै हुनुहुन्छ? यस्तो छ देशका मुख्य राजमार्गहरूको ताजा अवस्था

 


Thali Mobile Pvt.Ltd.