भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आन्दोलनरत शिक्षकसँग सरकारको आज छलफल

आन्दोलनरत शिक्षकसँग सरकारको आज छलफल

काठमाडौँ, २८ चैत । लामो समयदेखि आन्दोलनमा रहेका शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका विषयमा कुराकानी गर्न शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ संवादका लागि तयार भएको छ।

मन्त्रालयले छलफलका लागि आह्वान गरे पनि समय भने यकिन नभएको महासंघकी सहअध्यक्ष तथा काठमाडौं केन्द्रित आन्दोलनकी संयोजक नानुमाया पराजुलीले बताइन्। मन्त्रालयले महासंघको समय अनुकूल हुने गरी आउन भनेको र आन्तरिक छलफलपछि जाने उनको भनाइ छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले यो औपचारिक वार्ता नभई मन्त्रालयमा आफ्ना कुरा राख्न मात्रै जाने स्पष्ट पारे। “हामीले सरकारलाई जवाफ नदिएको भन्ने भाष्य बन्यो। तर, ठोस मार्गचित्र बिना वार्ताका लागि मात्रै जाँदैनौं,” सुवेदीले भने, “हामी मन्त्रालयमा गएर आफ्ना कुरा राख्छौं र फर्किन्छौं।” सहअध्यक्ष पराजुलीको नेतृत्वमा केही प्रतिनिधि मन्त्रालय जाने उनले जानकारी दिए।

शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा. दीपक काफ्लेसहितको टोलीले शिक्षक प्रतिनिधिसँग छलफल गर्ने मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए। “सधैं आन्दोलनले मात्र निकास निस्किँदैन। उपयुक्त विकल्प खोज्न हामी छलफलमा जुटेका हौं,” उनले भने।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरू शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आज पनि माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन जारी रहने अध्यक्ष सुवेदीले बताए।

 


Thali Mobile Pvt.Ltd.