भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर

सुपारी आयातमा ह्वात्त वृद्धि, निर्यात शून्य जस्तै, आयात ५८ करोड, निर्यात जम्मा १८ हजार रुपैयाँ बराबर

काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुपारी आयात भएको छ।

साउनदेखि चैत मसान्तसम्म ४२ लाख २२ हजार ४५९ किलो सुपारी आयात हुँदा १ अर्ब ४२ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

सरकारले फागुन १ गते सुपारी आयातमा लागू कोटा प्रणाली हटाएर खुला गरेपछि आयातमा झनै तीव्रता आएको देखिन्छ। केवल चैत महिनामै १० करोड ८५ लाख रुपैयाँ बराबरको ६ लाख ६७ हजार किलो सुपारी आयात भएको छ। यसबाट १६ करोड ६५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ।

त्यसको तुलनामा निर्यात भने नगण्य रहेको छ। सोही अवधिमा जम्मा १० किलो सुपारी निर्यात भएको छ, जसको मूल्य १८ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्यांकले देखाउँछ। सुपारीमा भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर ९भ्याट० गरी प्रति किलो झन्डै २४० रुपैयाँभन्दा बढी शुल्क लाग्ने हुँदा राजस्व संकलन उच्च देखिएको हो।

कुन महिनामा कति सुपारी आयात ?

साउनः ८ लाख ४९ हजार किलो, १० करोड ८५ लाखको आयात

भदौः ८ लाख ३० हजार किलो, १० करोड ५ लाखको आयात

मंसिरः ६ लाख ६६ हजार किलो, ९ करोड ६२ लाखको आयात

पुसः ७ लाख ४४ हजार किलो, ९ करोड ७९ लाखको आयात

चैतः ६ लाख ६७ हजार किलो, १० करोड ८५ लाखको आयात

अन्य महिनामा तुलनात्मक रूपमा आयात घटेको देखिए पनि चैतमा पुनः वृद्धि भएको छ। आयात खुला भएपछि सुपारी तस्करीसम्बन्धी पुरानै शंका फेरि उठ्न थालेका छन्। आयात चरम सीमा पुग्दा पनि निर्यात नगण्य हुनु र स्वदेशी उत्पादन प्रभावित हुनु विडम्बनापूर्ण चित्र पेश गर्छ।

 

 


Thali Mobile Pvt.Ltd.