भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कांग्रेस सांसद माया राई ठगी आरोपमा पक्राउ

कांग्रेस सांसद माया राई ठगी आरोपमा पक्राउ

काठमाडौँ  नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उनलाई कपनस्थित आफ्नै निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

सांसद राईमाथि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न रहेको आरोप छ। यो प्रकरणमा उनी मुद्दामा फरार रहँदै आएकी थिइन्। लामो समयदेखि सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो।

भोजपुर स्थायी घर भएकी राई नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। प्रहरीले अब यस मामिलामा थप अनुसन्धान अघि बढाउने जनाएको छ। यस घटनाले सहकारी काण्डमा संलग्न अन्य व्यक्तिहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ।

 


Thali Mobile Pvt.Ltd.