भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस सांसद माया राई ठगी आरोपमा पक्राउ

कांग्रेस सांसद माया राई ठगी आरोपमा पक्राउ

काठमाडौँ  नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उनलाई कपनस्थित आफ्नै निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

सांसद राईमाथि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न रहेको आरोप छ। यो प्रकरणमा उनी मुद्दामा फरार रहँदै आएकी थिइन्। लामो समयदेखि सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो।

भोजपुर स्थायी घर भएकी राई नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। प्रहरीले अब यस मामिलामा थप अनुसन्धान अघि बढाउने जनाएको छ। यस घटनाले सहकारी काण्डमा संलग्न अन्य व्यक्तिहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ।

 


Thali Mobile Pvt.Ltd.