भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटानको कार्य सुरु गर्न लागिएको हुँदा सो सडकमा सवारी आवागमनमा अस्थायी रोक लगाइएको हो।

वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म, हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।प्रशासनले यात्रु तथा चालकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्पष्ट पारेको छ। साथै, यात्रुहरूलाई काठमाडौँ–हेटौँडा ओहोरदोहोरका लागि वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिइएको छ।

सडक बन्द अवधिमा निर्माण कार्यहरूलाई छिटो र सुरक्षित रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। प्रशासनले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन र जानकारीबिना यात्रा नगर्नसमेत अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.