भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार ठिंगन–बगुवा सडक खण्डमा चट्टान कटानको कार्य सुरु गर्न लागिएको हुँदा सो सडकमा सवारी आवागमनमा अस्थायी रोक लगाइएको हो।

वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म, हरेक दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।प्रशासनले यात्रु तथा चालकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्पष्ट पारेको छ। साथै, यात्रुहरूलाई काठमाडौँ–हेटौँडा ओहोरदोहोरका लागि वैकल्पिक मार्गहरू प्रयोग गर्न सुझाव दिइएको छ।

सडक बन्द अवधिमा निर्माण कार्यहरूलाई छिटो र सुरक्षित रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। प्रशासनले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन र जानकारीबिना यात्रा नगर्नसमेत अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.