भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भिजिट भिसामा नयाँ मापदण्ड: राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने

भिजिट भिसामा नयाँ मापदण्ड: राहदानी, भिसा, टिकट र स्वघोषणा भए पुग्ने

मुख्य बुँदा 

सरकारले भिजिट भिसासम्बन्धी पुराना ६ बुँदे मापदण्ड खारेज

नयाँ मापदण्ड अनुसार विदेश यात्रा गर्न छ महिनाभित्रको वैध राहदानी, गन्तव्य देशको भिसा, दुईतर्फी हवाई टिकट र स्वघोषणा पर्याप्त

पहिलेको मापदण्डमा होटेल बुकिङ, आफन्तको तीन पुस्ते विवरण, ५ सय डलर बोकेर लैजानु आदि प्रावधान थिए

नयाँ व्यवस्थाले भिसिट भिसामा विदेश जान चाहनेलाई सहज बनाउने

भिसाका आवरणमा हुने तस्करी तथा ठगी नियन्त्रणमा मद्दत गर्ने अपेक्षा

काठमाडौँ, १४ कार्तिक । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे पुराना मापदण्ड खारेज गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयले यो निर्णय गरेको हो ।

नयाँ मापदण्ड अनुसार विदेश यात्रा गर्न अब छ महिनाभित्रको वैध राहदानी, गन्तव्य देशको वैध भिसा, दुईतर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्ने स्वघोषणा पर्याप्त हुनेछ ।

यसअघि दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्ने भए तीन पुस्ते विवरण खुल्ने कागजात, छ महिनाभित्रको वैध राहदानी, वैध भिसा, ५ सय डलर साथमा बोक्नुपर्ने लगायतका प्रावधान थिए । यूएई, बहराइन, कुवेत, कतार, ओमान र साउदीका लागि स्वघोषणा अनिवार्य थियो ।

यी प्रावधानमा विरोध भएपछि विवादास्पद मापदण्ड हटाइयो र नयाँ व्यवस्थाले भिजिट भिसामा विदेश जान चाहने व्यक्तिहरूलाई सजिलो बनाउने तथा भिसाका आवरणमा हुने तस्करी र ठगी नियन्त्रणमा मद्दत गर्ने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.