२६ साउन २०७७ काठमाडौं । आइतवार गोंगबुमा भएको हत्या प्रकरणमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार शाहीलाई पक्राउ गरि काठमाडौं ल्याउँन लागिएको छ ।आइतवार दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । मृतकको टाउको, ज्यान र खुट्टा फरक फरक स्थानमा भेटिएको थियो ।
प्रहरीले उनको सनाखत गर्न अफ्ठयारो भएपछि उनको तस्वीर सार्वजनिक गर्दै सर्वसाधारणलाई समेत उनको शव पहिचानको लागि प्रहरीले आग्रह गरेको थियो । राजधानीकै एक गार्मेन्टमा काम गर्दै आएका उनको घर ठेगाना पत्ता लागेसँगै प्रहरीले थप अनुसन्धान गरिरेहको छ ।
