भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ

उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ

काठमाडौं । ओमिक्रोन लगायतको संक्रमण तीव्र फैलिएसंगै सरकारले महामारीको तेस्रो लहरको रोकथामका लागि काठमाडौं उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको हो ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले उपत्यकामा यात्रा गरिरहेका पैदल यात्री, व्यापारी तथा अन्य सर्वसाधारणहरुलाई बजारमा आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालेको हो ।

मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए, नभएको बारे टोली नै बनाएर निगरानी थालिएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । ढुङ्गेलले बुधबार कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको बताएकी थिइन । सहायक जिल्ला अधिकारी ढङ्गेलले मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरुलाई एक सय रुपैयाँ जरिबाना तिराइएको जानकारी दिइन् । उनले अनुगमनका क्रममा तेसरी यात्रा गरिरहेका मानिसहरुलाई कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी गराइएको पनि बताइन् ।

कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.