भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी |

उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ

उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ

काठमाडौं । ओमिक्रोन लगायतको संक्रमण तीव्र फैलिएसंगै सरकारले महामारीको तेस्रो लहरको रोकथामका लागि काठमाडौं उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको हो ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले उपत्यकामा यात्रा गरिरहेका पैदल यात्री, व्यापारी तथा अन्य सर्वसाधारणहरुलाई बजारमा आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालेको हो ।

मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए, नभएको बारे टोली नै बनाएर निगरानी थालिएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । ढुङ्गेलले बुधबार कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको बताएकी थिइन । सहायक जिल्ला अधिकारी ढङ्गेलले मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेहरुलाई एक सय रुपैयाँ जरिबाना तिराइएको जानकारी दिइन् । उनले अनुगमनका क्रममा तेसरी यात्रा गरिरहेका मानिसहरुलाई कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी गराइएको पनि बताइन् ।

कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.