भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्यो

त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्यो

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–५ हाकुबेसी स्थित अपर त्रिशूली हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश–०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय रामबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अपर त्रिशूली–२१६ हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल ४ सय मिटर तल खसेको हो ।

मृत्यु भएका तामाङ मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २० वर्षीय धिरज तामाङ सकुशल छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.