भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्यो

त्रिशूलीको ड्याम साइडबाट मोटरसाइकल खस्यो

रसुवा । गोसाईंकुण्ड गाउँपालिका–५ हाकुबेसी स्थित अपर त्रिशूली हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश–०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय रामबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अपर त्रिशूली–२१६ हाइड्रो पावरको ड्याम साइडबाट मोटरसाइकल ४ सय मिटर तल खसेको हो ।

मृत्यु भएका तामाङ मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २० वर्षीय धिरज तामाङ सकुशल छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रसुवाले अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.