भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दशैँ मनाउनेहरु बाहिरिएसँगै काठमाण्डौ उपत्यका सुनसान

दशैँ मनाउनेहरु बाहिरिएसँगै काठमाण्डौ उपत्यका सुनसान

काठमाण्डौ । सधैं भिडभाड र व्यस्त रहने काठमाण्डौ उपत्यका दशैँ पर्वको कारण सुनसान बन्दै गएको छ। गाडीको चापले अस्तव्यस्त देखिने चोक र गल्लीहरू अहिले शून्यजस्तै देखिन थालेका छन्।

भोलि दशैँको टीका भएकाले उपत्यकामा अझै चहलपहल घटेको बुझ्न सकिन्छ। पसलहरू पनि पूर्ण रूपमा खुलेका छैनन् भने केही मुख्य चोकमा मात्रै सामान्य गतिविधि देखिएको छ।

देशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय वा अध्ययनका लागि राजधानी बस्नेहरू वर्षमा एकपटक दशैँमा घर फर्कने गर्छन्। यस वर्ष पनि दशैँ मनाउन राजधानी छाड्नेको संख्यामा वृद्धि भएको छ।

ट्राफिक प्रहरीका अनुसार अहिले गाडीको चापमा झन्डै ५० प्रतिशतले कमी आएको छ। सार्वजनिक यातायात आंशिक रूपमा चलिरहेका छन्।

अहिलेसम्म करिब साढे पाँच लाख मानिसले काठमाण्डौ उपत्यका छाडेको अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.