भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बडायकका बुढाबुढी नै मृत भेटिए, तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

बडायकका बुढाबुढी नै मृत भेटिए, तालिम प्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

कञ्चनपुर । श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले बताए । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ ।

अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.