भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट

काभ्रे। इयूका राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजना अभियान महत्वपूर्ण भएको बताएकी छिन् ।

नेपालका लागि युरोपेली सङ्घ इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीन सिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । अभियान मार्फत युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन बल पुग्ने बताईन् ।

ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव हुने धारणा राखिन् ।

राजदूत लोरेन्जोले कार्यक्रममा सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरुलाई इंकित गर्दै भनिन्, “तपाँइहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र सम्वद्र्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।”

 


Thali Mobile Pvt.Ltd.