भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दुर्गा प्रसाईं पक्राउ, सार्वजनिक शान्ति विरुद्ध कसुरमा अनुसन्धान

दुर्गा प्रसाईं पक्राउ, सार्वजनिक शान्ति विरुद्ध कसुरमा अनुसन्धान

काठमाडौँ, ५ फागुन  । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । प्रसाईंलाई सोमबार साँझ भक्तपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइने छ । साथै, झुटा अफवाह फैलाएको आरोपमा समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रसाईंले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए अनिश्चितकालीन बन्दको घोषणा गर्ने तथा चुनाव हुन नदिने अभिव्यक्ति दिँदै आएका थिए । सोही अभिव्यक्तिलाई आधार मानेर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसअघि पनि प्रसाईं माघ २३ गते पक्राउ परेर हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्युरोले बयान लिएपछि उनलाई रिहा गरिएको थियो । माघ ५ गते पोखराबाट पक्राउ परे पनि उनी त्यसपछि छुटेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.