भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

पाकिस्तानमा आत्मघाती विस्फोट, १० सुरक्षाकर्मीको ज्यान गयो

पाकिस्तानमा आत्मघाती विस्फोट, १० सुरक्षाकर्मीको ज्यान गयो

काठमाडौं, ५ फागुन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित एक सैन्य चौकीमा भएको आत्मघाती विस्फोटमा कम्तीमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

बाजौर जिल्लाको मलंगी क्षेत्रमा विस्फोटक पदार्थले भरिएको गाडी चौकी रहेको भवनमा ठोक्किएर विस्फोट गराइएको थियो । उक्त भवन पहिले मदरसा रहेको भए पनि पछि त्यहाँ सुरक्षा चौकी स्थापना गरिएको थियो ।

प्रहरीका अनुसार विस्फोटमा एक प्रहरी र फ्रन्टियर कोरका नौ जना सैनिकको मृत्यु भएको छ । घटनापछि भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेको छ ।

एक अधिकारीले बीबीसी उर्दूसँग कुरा गर्दै अज्ञात व्यक्तिहरूले विस्फोटकले भरिएको गाडी फ्रन्टियर कोरको चौकीमा ठोक्काएको बताएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन भने सुरक्षा निकायले अनुसन्धान सुरु गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.