भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको चेतावनी

प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौँ, ६ फागुन । निर्वाचन आयोगले चुनावी गतिविधिमा प्रविधिको दुरुपयोग नगर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । आयोगले प्रविधिको अनुचित प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराएको हो ।

सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न र नगराउन आम सञ्चार माध्यम तथा सरोकारवालासँग पनि आयोगले आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी सृजना गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो ।

उहाँले चुनावलाई मर्यादित, स्वच्छ र निष्पक्ष बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । यसैगरी आयोगले चुनाव केन्द्रित मत सर्वेक्षणका नतिजा सार्वजनिक नगर्न पनि आग्रह गरेको छ । निर्वाचन आचारसंहिता २०८२ले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित पार्ने कार्य गर्न नपाइने व्यवस्था गरेको भन्दै उम्मेदवारलाई हतोत्साही बनाउने वा प्रतिस्पर्धाको वातावरण खल्बल्याउने गतिविधि नगर्न आयोगले अनुरोध गरेको छ ।

नयाँ प्रविधिले सूचना प्रवाह सहज बनाएको भए पनि यसको दुरुपयोगले लोकतान्त्रिक प्रक्रियामा असर पार्न सक्ने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आयोगले पुनः आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.