भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

नारायणगोपाल चोकमा पैदलयात्रुमाथि हातपात गर्ने चालक पक्राउ, ७ दिन म्याद थप

नारायणगोपाल चोकमा पैदलयात्रुमाथि हातपात गर्ने चालक पक्राउ, ७ दिन म्याद थप

काठमाडौँ, ६ फागुन । पैदलयात्रुमाथि सडकमै हातपात गरेको आरोपमा एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो भाइरल भएपछि प्रहरीले चालकको खोजी तीव्र बनाएको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बमलाई पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाइएको छ ।

घटना काठमाडौँको नारायणगोपाल चोकमा भएको हो । गाडी रोकिएका बेला बा ३ च ११०३ नम्बरको निजी कारबाट ओर्लिएर चालकले सडकमा हिँडिरहेका एक पैदलयात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका बमलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.