भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ माग, भर्ना प्रक्रिया सुरु

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ माग, भर्ना प्रक्रिया सुरु

काठमाडौँ, २४ पुष । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले १ लाख ३४ हजार निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले १ लाख ३३ हजार ९८० म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरमा उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको न्यूनतम उमेर १८ वर्ष पूरा भई अधिकतम ५४ वर्ष तोकिएको छ। छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुने जनाइएको छ।

छनोट प्रक्रियाबाट उत्तीर्ण हुने उम्मेदवारको अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिनेछ भने म्यादी प्रहरीको तालिम माघ १८ गतेदेखि सुरु हुनेछ। म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन कायम रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.