भर्खरै : Sorry, your browser does not support inline SVG.
डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा, डब्ल्यूएचओले आफूहरुलाई आर्थिक क्षति पुर्‍याएको आरोप | कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब | अमेरिकी डलर एकको खरिददर शुक्रबार १३९ रूपैयाँ ८३ पैसा | काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने | ट्रक दुर्घटना हुँदा कालीकोटमा एक जनाको मृत्यु | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी | चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे | नेपालमा मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा सबै भन्दा कम प्रगति |

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान image

गलेश्वर । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक तरकारीखेती शुरू गरेका छन्। बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रूपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन्।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा बढी आम्दानी लिन सफल भएका छन्। रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाउन थालेका छन्। उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम हुन थालेको छ। त्यसपछि अन्नबालीको साटो तरकारीखेती थालिएको हो।

“खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती शुरू गरेको हुँ,” उनले भने, “मुस्किलले १२ हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ।”

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि अन्नको बीउ पाउन कठिन छ। मलंगला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको बीउ नपाइएको बताए। गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । “रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ,” उनले भने, “बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ। पहिलाको जस्तो उत्पादन हुँदैन।”

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली संकटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ। रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda