भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो

जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) वरपर पुनः गोलीबारीको घटना भएको छ। बीबीसी हिन्दीले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार, केही क्षेत्रमा चरमपन्थी समूहहरूसँग मुठभेड भइरहेको जनाइएको छ।

भारतीय सेनाले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मार्फत चरमपन्थीहरूसँग सशस्त्र झडप जारी रहेको जानकारी दिएको छ। भारतीय सेनाको दाबीअनुसार, पाकिस्तानी सेनाले पहिले गोली चलाएको र त्यसको जवाफस्वरूप भारतीय सेनाले पनि कारबाही गरेको बताइएको छ। यद्यपि घटनामा क्षति कति भएको भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भइसकेको छैन।

यसैबीच, भारतले पाकिस्तानसँग सिमाना जोडिएका संवेदनशील क्षेत्रमा अतिरिक्त सैनिक तैनाथी बढाएको जनाएको छ। यसले भारत–पाकिस्तानबीचको सम्बन्धमा पुनः तनावको वातावरण सिर्जना गरेको छ।

पहलगाम आक्रमणपछि सुरक्षास्थिति थप संवेदनशील

गएको मङ्गलवार भारत नियन्त्रित जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा पर्यटक लक्षित आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक पनि परेका थिए। सो आक्रमणपछि सुरक्षासम्बन्धी चुनौती थप जटिल बन्दै गएको र भारत–पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा असर परेको विश्लेषण गरिएको छ।

अहिलेको घटनाक्रमले सीमावर्ती क्षेत्रमा पुनः अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, भारत र पाकिस्तानबीचको पुरानो विवादलाई लिएर यस्तो झडप समयसमयमा हुँदै आएको भए तापनि, पछिल्ला घटनाहरूले यसलाई थप जटिल बनाएको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.