भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो

जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) वरपर पुनः गोलीबारीको घटना भएको छ। बीबीसी हिन्दीले भारतीय सेनालाई उद्धृत गर्दै जनाएअनुसार, केही क्षेत्रमा चरमपन्थी समूहहरूसँग मुठभेड भइरहेको जनाइएको छ।

भारतीय सेनाले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) मार्फत चरमपन्थीहरूसँग सशस्त्र झडप जारी रहेको जानकारी दिएको छ। भारतीय सेनाको दाबीअनुसार, पाकिस्तानी सेनाले पहिले गोली चलाएको र त्यसको जवाफस्वरूप भारतीय सेनाले पनि कारबाही गरेको बताइएको छ। यद्यपि घटनामा क्षति कति भएको भन्ने आधिकारिक विवरण अझै सार्वजनिक भइसकेको छैन।

यसैबीच, भारतले पाकिस्तानसँग सिमाना जोडिएका संवेदनशील क्षेत्रमा अतिरिक्त सैनिक तैनाथी बढाएको जनाएको छ। यसले भारत–पाकिस्तानबीचको सम्बन्धमा पुनः तनावको वातावरण सिर्जना गरेको छ।

पहलगाम आक्रमणपछि सुरक्षास्थिति थप संवेदनशील

गएको मङ्गलवार भारत नियन्त्रित जम्मू–कश्मीरको पहलगाम क्षेत्रमा पर्यटक लक्षित आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा एक नेपाली नागरिक पनि परेका थिए। सो आक्रमणपछि सुरक्षासम्बन्धी चुनौती थप जटिल बन्दै गएको र भारत–पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा असर परेको विश्लेषण गरिएको छ।

अहिलेको घटनाक्रमले सीमावर्ती क्षेत्रमा पुनः अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, भारत र पाकिस्तानबीचको पुरानो विवादलाई लिएर यस्तो झडप समयसमयमा हुँदै आएको भए तापनि, पछिल्ला घटनाहरूले यसलाई थप जटिल बनाएको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.