भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा

तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा

काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दै आएको छ, जसले जनजीवनमा प्रतिकूल असर पारेको छ।

मौसम महाशाखाले विशेष बुलेटिन प्रकाशित गर्दै अत्यधिक गर्मीबाट हुने सम्भावित स्वास्थ्य जोखिमबारे चेतावनी दिएको छ। तातो हावा र उच्च तापक्रमका कारण थकान, कमजोरी, चक्कर, टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिन सक्ने बताइएको छ।

सार्वजनिक सल्लाहमा चर्को घाममा बाहिर ननिस्कन, चिसो र छायाँयुक्त ठाउँमा बस्न, हल्का र सुती कपडा लगाउन, टाउको छोप्न र प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउन अनुरोध गरिएको छ। यसैबीच, भोलि (आइतबार) बेलुकीदेखि देशमा प्रि-मनसुन प्रणाली सक्रिय हुने मौसमविद्हरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार बेलुकीबाट पूर्वी र मध्य भूभागहरूमा वर्षा सुरु हुने सम्भावना छ।

सोमबार चितवन, लुम्बिनी हुँदै काठमाडौँ उपत्यकासम्म पानी पर्ने र सो वर्षाले तातो लहरबाट केही हदसम्म राहत मिल्ने मौसमविद्हरूको अनुमान छ। देशभर गर्मीको असर तीव्र बन्दै गइरहेका बेला आउन सक्ने वर्षाले वातावरणमा केही सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.