भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन

चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन

काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा नियमित सञ्चालनमा आएको छ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीप्रति आपत्ति जनाउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरूले अस्पतालमा आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्दै आएका थिए। तर मन्त्रालय र सङ्घबीच भएको सहमतिले यो आन्दोलन अन्त्य भएको हो।

स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय र उद्योग मन्त्रालयका मन्त्रीहरूको नेतृत्वमा भएको वार्तामा सहमति अनुसार विद्यमान कानूनी र नीतिगत व्यवस्थामा आवश्यक संशोधनका लागि सात दिनभित्र सुझावसहितको प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ। उक्त कार्यदलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि र चिकित्सक सङ्घका सदस्यहरू रहनेछन्।

कार्यदलबाट प्राप्त प्रतिवेदनलाई तीन मन्त्री र सरोकारवाला पक्षहरू सम्मिलित टोलीमा प्रस्तुत गरी उपभोक्ता संरक्षण ऐन, २०७५ लगायत कानूनी संशोधनका लागि मन्त्रिपरिषद् मार्फत ‘फास्ट ट्रयाक’ प्रक्रियामा अगाडि बढाइनेछ।

नेपाल चिकित्सक सङ्घले सबै किसिमको आन्दोलन स्थगन गरी अस्पतालमा नियमित सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

उपभोक्ता अदालतले केही अस्पतालहरूलाई बिरामीको उपचारमा लापर्बाही गरेको भन्दै क्षतिपूर्ति तिराउने फैसला गरेका कारण यो विवाद उत्पन्न भएको थियो। अब कानूनी सुधार र सहमतिपछि समस्या समाधान हुने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.