भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

स्वच्छ र भयरहित निर्वाचनका लागि मानवअधिकार आयोगको सुरक्षा निकायलाई आग्रह

स्वच्छ र भयरहित निर्वाचनका लागि मानवअधिकार आयोगको सुरक्षा निकायलाई आग्रह

मुख्य बुँदा

मानवअधिकार आयोगद्वारा सुरक्षा निकायसँग छलफल

स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गर्न आग्रह

सुरक्षा सामग्री र सञ्चार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा जोड

मानवअधिकार संरक्षण सुनिश्चित गर्न अपिल

काठमाडौँ, ५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षा निकायलाई आग्रह गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग ले चुनावी सुरक्षा तयारी तथा मानवअधिकार संरक्षणबारे सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको हो । छलफलपछि आयोगले सुरक्षा व्यवस्था चुस्त बनाउन र भयरहित वातावरण सुनिश्चित गर्न आग्रह गरेको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा निकायका प्रमुखसँग विस्तृत छलफल गरी आवश्यक तयारीलाई प्रभावकारी बनाउन आग्रह गरिएको जानकारी दिए । कार्यक्रममा आयोगका पदाधिकारीसँगै नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि आयोगले आवश्यक सञ्चार, सुरक्षा र यातायातलगायत चुनावी सुरक्षासम्बन्धी सामग्रीको यथोचित व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा र मानवअधिकार संरक्षणका लागि भएका तयारीबारे जानकारी गराउन सुरक्षा निकायलाई आग्रह गरेका थिए ।आयोगले निर्वाचन प्रक्रियामा मानवअधिकारको पूर्ण सम्मान सुनिश्चित गर्न सबै पक्षलाई संयमित र जिम्मेवार हुनसमेत आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.