भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ?

आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ?

काठमाडौं, ३ जेठ । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व गंगा दशहरा आजदेखि शुरु भएको छ। सामान्यतया ज्येष्ठ शुक्ल पक्षको प्रतिपदादेखि दशमीसम्म मनाइने यो पर्व यस वर्ष भने शुद्ध चान्द्रमासमा नभई अधिक अर्थात् मलमासमा परेको छ।

यस वर्ष आइतबारदेखि शुरु भएको गंगा दशहरा दशमीसम्म मनाइनेछ। शुद्ध ज्येष्ठ पक्ष असार २ गतेदेखि सुरु हुने भए पनि पर्व किन अधिकमासमै परेको हो भन्ने विषयमा धेरैमा जिज्ञासा देखिएको छ।

धर्मशास्त्री प्राडा देवमणि भट्टराई का अनुसार गंगा दशहराको मुख्य उद्देश्य तीर्थस्नान र आत्मशुद्धिसँग सम्बन्धित भएकाले यो पर्व अधिकमासमै मनाउने परम्परा रहेको छ। धर्मसिन्धु ग्रन्थमा पनि ‘जेठमा अधिकमास परे शुद्ध मासमा नभई अधिकमासमै गर्नू’ भन्ने उल्लेख रहेको उनले बताए।

यस्तै अवस्था यसअघि २०७५ सालमा पनि परेको थियो। त्यतिबेला पनि जेठ महिनामै अधिकमास परेकाले गंगा दशहरा अधिकमासमै मनाइएको थियो।

के हो गंगा दशहरा ?

पुराणअनुसार ज्येष्ठ शुक्ल दशमीका दिन हस्त नक्षत्र र बुधबारको संयोगमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतरित भएकी थिइन्। यही सम्झनामा प्रत्येक वर्ष गंगा दशहरा मनाइन्छ।

शुक्ल प्रतिपदादेखि स्नान आरम्भ गरी दशमीमा समापन गर्ने धार्मिक विधान रहेको छ। यस अवधिमा स्नान, दान, जप र पूजाआजा गर्दा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ। पौराणिक कथाअनुसार राजा भगीरथले कठोर तपस्या गरेर गंगालाई पृथ्वीमा ल्याएका थिए। त्यसैले गंगालाई ‘भागीरथी’ नामले पनि चिनिन्छ।

नेपालमा गोसाइँकुण्ड लगायत त्रिवेणी, दोभान तथा विभिन्न पवित्र तीर्थस्थलमा स्नान गर्ने परम्परा रहेको छ। गंगास्तोत्र पाठ र गंगाको आराधनाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। धर्मशास्त्रअनुसार गंगा दशहराका १० दिनमध्ये दशमी तिथिको विशेष महत्व रहेको बताइन्छ।

 


Thali Mobile Pvt.Ltd.