भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ

सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ

सिराहा, ३ जेठ । सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरका सामान तथा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। नं. ७ गण सिराहाबाट खटिएको गस्ती टोलीले सोही ठाउँका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नियन्त्रणमा लिएको हो। उनीहरू ट्रकका चालक र सहचालक रहेको बताइएको छ।

भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा स १ ख ५३५ नम्बरको ट्रकसहित विभिन्न सामान बरामद गरिएको हो। बरामद सामग्रीमा कस्मेटिक सामान, टुथपेस्ट तथा करिब २६० केजी ओखर रहेको छ। ट्रकको अन्दाजी मूल्य करिब २१ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामान र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

 


Thali Mobile Pvt.Ltd.