भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

पश्चिमी वायु सक्रियः कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायु सक्रियः कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, ३ जेठ । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

त्यसैगरी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रमा तापक्रम बढ्न सक्ने सम्भावना पनि रहेको बताइएको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग र मधेश प्रदेशमा आंशिक बदली रहने तथा बाँकी पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही क्षेत्रमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.