भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

तीन वाम दलसँग प्रचण्डको एकता वार्ता

तीन वाम दलसँग प्रचण्डको एकता वार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् । तर उनले कुन–कुन दलसँग वार्ता भएको हो भन्ने खुलाएनन् ।

स्रोतका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग एकताको पहल गर्दै आएका छन् ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन ‘दायाँ–वायाँ कोण’बाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको भन्दै उनले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

 


Thali Mobile Pvt.Ltd.