भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

मूलपानीमा प्रहरी कारबाही : गोली चल्दा नाइके घाइते, १० लुटेरा पक्राउ

मूलपानीमा प्रहरी कारबाही : गोली चल्दा नाइके घाइते, १० लुटेरा पक्राउ

काठमाडौँ, १५ काघ । काठमाडौँको मूलपानी क्षेत्रमा प्रहरीले विशेष कारबाही गर्दै लुटेरा समूहका १० जनालाई पक्राउ गरेको छ। लुटेरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार कारबाहीका क्रममा लुटेरा समूहका एकजना नाइके गोली लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। सोही क्रममा दुई जना प्रहरीसमेत घाइते भएका छन्, उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामान लुटपाट गर्दै आतङ्क मच्चाउँदै आएको खुलेको छ। लगातार लुटपाटका घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोली गएराति परिचालन गरिएको थियो।

सूचनाका आधारमा मूलपानी क्षेत्रमा घेराबन्दी गरी लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको र घटनासम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.