भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’

ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’

काठमाडौँ, ३ जेठ  । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको स्पष्ट अडान सार्वजनिक गरेको छ। यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएको केही समयपछि आएको हो।

चिन भ्रमणपछि दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न आग्रह गर्दै यस्तो कदमले क्षेत्रीय तनाव बढाउन सक्ने चेतावनी दिएका थिए। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै नयाँ औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान पहिले नै स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, चीनले भने ताइवानलाई आफ्नो अभिन्न हिस्सा भएको पुरानै अडान दोहोर्‍याएको छ। ताइवान–अमेरिका–चीनबीच देखिएको पछिल्लो राजनीतिक तनावले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन थप अस्थिर हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.