भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’

ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’

काठमाडौँ, ३ जेठ  । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको स्पष्ट अडान सार्वजनिक गरेको छ। यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएको केही समयपछि आएको हो।

चिन भ्रमणपछि दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न आग्रह गर्दै यस्तो कदमले क्षेत्रीय तनाव बढाउन सक्ने चेतावनी दिएका थिए। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै नयाँ औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान पहिले नै स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच, चीनले भने ताइवानलाई आफ्नो अभिन्न हिस्सा भएको पुरानै अडान दोहोर्‍याएको छ। ताइवान–अमेरिका–चीनबीच देखिएको पछिल्लो राजनीतिक तनावले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन थप अस्थिर हुन सक्ने विश्लेषकहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.