भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

आफ्नै परिवारका ८ सदस्यको बञ्चरो प्रहार गरी हत्या

आफ्नै परिवारका ८ सदस्यको बञ्चरो प्रहार गरी हत्या

काठमाडौं । भारतमा एक व्यक्तिले आफ्नै परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर हत्या गरी आत्महत्या गरेका छन्।

छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमा संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ जनालाई बन्चरोले हानेर हत्या गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। आरोपितले यही मे २१ तारिखका दिन बिहे गरेका थिए।पहिले उनले श्रीमतीको हत्या गरेका थिए। त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे। बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ।

त्यसपछि आफू रुखमा भुण्डिएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा उल्लेख गरेको छ।आरोपित व्यक्ति मानसिक रोगी भएको तर हाल अवस्था ठिक रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.