काठमाडौं । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ। यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य तोलमा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज तोलाको १ हजार ९३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
