भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडाएर यो सांस्कृतिक परम्परालाई जीवित राख्ने भएका छन् । 

सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। बुद्धकृष्णका ज्येष्ठ दाजु कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए। दुई वर्षअघि सुजनले यो परम्परालाई पुस्तान्तरण गर्दै जिब्रो छेडाएर नयाँ इतिहास रचेका थिए। जात्राका लागि तयारीमा कडा नियम पालना गर्नुपर्छ। बुद्धकृष्णका अनुसार, जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्ति, महिला, जुठो वा सुतक परेका व्यक्तिलाई छुनुहुँदैन। नुन खान नहुने, बोडे छाडेर बाहिर जान नहुने र तीन दिनअघिदेखि व्रत बस्नुपर्ने परम्परा छ। सुजनले यो संस्कृति जोगाउन आफू प्रतिबद्ध रहेको बताए।

सुजन भन्छन्, “बुबाले जिब्रो छेड्दा सानैदेखि सँगै हुन्थेँ। उहाँको संस्कृति जोगाउने प्रयासले मलाई प्रेरणा दियो। दुई वर्षअघि मैले पहिलोपटक जिब्रो छेडेँ, यस वर्ष पनि महादीप बोकेर बोडे परिक्रमा गर्नेछु।” बुद्धकृष्णले थपे, “यो जात्रा बोडेको पहिचान हो। मेरो छोराले यो जिम्मेवारी सम्हालेकोमा गर्व लाग्छ। अब युवापुस्ताले यो परम्परा जोगाउनुपर्छ।”

जात्राअघि जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा चार दाम चढाएर सगुन दिने र व्रत सुरु गर्ने प्रचलन छ। जात्रा दिनमा पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा १० इन्च लामो फलामको सुइरो जिब्रोमा छेडिन्छ। त्यसपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गरिन्छ। अन्त्यमा, महालक्ष्मी मन्दिरमा सुइरो झिकेर घाउमा मन्दिरको माटो लगाउने परम्परा छ।

यो जात्रा १०८ वर्षदेखि निरन्तर चल्दै आएको छ, जसमा हालसम्म १३ जनाले जिब्रो छेडेका छन्।

 


Thali Mobile Pvt.Ltd.