भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

सुडानको डार्फरमा भोकमरीग्रस्त शिविरमा आक्रमण, सयभन्दा बढीको मृत्यु

सुडानको डार्फरमा भोकमरीग्रस्त शिविरमा आक्रमण, सयभन्दा बढीको मृत्यु

एजेन्सी, ३१ चैत । सुडानको डार्फर क्षेत्रमा भोकमरीको सामना गरिरहेका विस्थापितहरूको शिविरमा भएको दुईदिने आक्रमणमा सयभन्दा बढीको ज्यान गएको छ।

र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सहयोगी मिलिशियाले गरेको आक्रमणमा २० बालबालिका र नौ राहतकर्मीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ। संयुक्त राष्ट्रसंघका मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफले शुक्रबारदेखि जामजाम र अबु शोरोक शिविर तथा नजिकैको अल–फशेर शहरमा आक्रमण गरेको बताएकी छन्।

अल–फशेर, उत्तरी डार्फरको राजधानी, हाल सुडानी सेनाको नियन्त्रणमा छ। सुडानी सेना दुई वर्षदेखि आरएसएफसँगको गृहयुद्धमा संलग्न छ, जसमा संयुक्त राष्ट्रसंघका अनुसार २४,००० भन्दा बढीको मृत्यु भइसकेको छ। तर, अभियन्ताहरूले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन्।

आक्रमणमा जामजाम शिविरको एकमात्र सञ्चालित स्वास्थ्य केन्द्रमा कार्यरत नौ राहतकर्मी मारिए। रिलिफ इन्टरनेशनलका छ चिकित्साकर्मी शुक्रबार उक्त अस्पतालमा भएको आक्रमणमा मारिएका थिए। यी शिविरहरूमा ७,००,००० भन्दा बढी विस्थापितहरू बस्छन्, जो अहिले असुरक्षित अवस्थामा छन्।

आरएसएफले भने जामजाम शिविरमा आफ्नो संलग्नता अस्वीकार गर्दै सुडानी सेनाले यस्ता दृश्यहरू मञ्चन गरेको दाबी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.