भर्खरै : Sorry, your browser does not support inline SVG.
प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच |

जुम्लामा नयाँ शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

जुम्लामा नयाँ शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक वितरण

 जुम्ला, ३० चैत । हिमाली जिल्ला जुम्लामा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुगेको छ । विगतका वर्षहरूमा ढिलाइ हुने गरेकोमा यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध भएको हो ।

नेपालमा नयाँ शैक्षिक सत्र हरेक वर्ष वैशाख १ गतेदेखि सुरु हुन्छ । जुम्लामा केही वर्षअघिसम्म फागुनबाट शैक्षिक सत्र सुरु हुने गर्थ्यो, तर पछिल्ला दुई वर्षदेखि यहाँ पनि वैशाखबाटै सत्र सुरु हुँदै आएको छ ।

सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले चैत १७ गतेदेखि नै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक जिल्लामा आइपुगेको जानकारी दिए । उनले भने, “कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको सेट रु. १,५०० र कक्षा ६ देखि १० सम्मका लागि रु. २,००० मा उपलब्ध छन् । हालसम्म जिल्लाका आठ विद्यालयले पाठ्यपुस्तक लिइसकेका छन्, र थप माग आइरहेको छ ।”

खड्काका अनुसार अहिले शिक्षकहरू आन्दोलनमा सहभागी भएकाले पाठ्यपुस्तकको बिक्री कम भएको छ, तर विद्यालयहरू खुलेपछि माग बढ्ने अपेक्षा छ । जुम्लामा पाठ्यपुस्तक वितरणको जिम्मेवारी सन्ध्या स्टेशनरी र जिपी स्टेशनरीले लिँदै आएका छन् ।

यस्तै, कनकासुन्दरीमा दर्पण स्टेशनरी, सिँजामा कर्णाली स्टेशनरी र तिलामा दीपकैलाश स्टेशनरीले पनि पाठ्यपुस्तक बिक्री–वितरण गरिरहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय छन् ।

 


Thali Mobile Pvt.Ltd.