भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं, ३० चैत । प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन जारी गरेको छ ।

यो निर्देशन हाल देशभर चलिरहेका आन्दोलन र प्रदर्शनलाई मध्यनजर गर्दै दिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सबै प्रदेश प्रहरी कार्यालयलाई यो निर्देशन पालना गर्न भनिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अर्को आदेश नआएसम्म कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत गरिने छैन ।

पछिल्लो समय काठमाडौं केन्द्रित विभिन्न आन्दोलन र प्रदर्शन भइरहेका छन् । शिक्षक, आवासीय चिकित्सक, विभिन्न संघ–संगठन र समूहका आन्दोलन अझै जारी छन् । खासगरी राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि आन्दोलन र प्रदर्शनमा प्रहरीको ठूलो संख्यामा परिचालन भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.