भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं, ३० चैत । प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न निर्देशन जारी गरेको छ ।

यो निर्देशन हाल देशभर चलिरहेका आन्दोलन र प्रदर्शनलाई मध्यनजर गर्दै दिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सबै प्रदेश प्रहरी कार्यालयलाई यो निर्देशन पालना गर्न भनिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अर्को आदेश नआएसम्म कुनै पनि कर्मचारीको राजीनामा स्वीकृत गरिने छैन ।

पछिल्लो समय काठमाडौं केन्द्रित विभिन्न आन्दोलन र प्रदर्शन भइरहेका छन् । शिक्षक, आवासीय चिकित्सक, विभिन्न संघ–संगठन र समूहका आन्दोलन अझै जारी छन् । खासगरी राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि आन्दोलन र प्रदर्शनमा प्रहरीको ठूलो संख्यामा परिचालन भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.