भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

पूर्वराजालाई संसदीय समितिमा बोलाउन नमिल्ने ४ कारण : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

पूर्वराजालाई संसदीय समितिमा बोलाउन नमिल्ने ४ कारण : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उक्त घटनाबारे छानबिन गर्न पूर्वराजालाई बोलाउन प्रस्ताव गरेपछि यो विषयमा बहस चलेको हो ।

नेपाल बारका पूर्वउपाध्यक्षसमेत रहेका भट्टराईले सांसद परियारको प्रस्तावको सम्मान गर्दै संसदीय अभ्यास र मूल्य–मान्यताका आधारमा पूर्वराजालाई समितिमा बोलाउन नमिल्ने तर्क प्रस्तुत गरेका छन् । उनले सांसद परियारसँग विस्तृत छलफलपछि निम्न ४ कारणले यो सम्भव नभएको बताए :

१. नागरिकको हैसियत: पूर्वराजा ज्ञानेन्द्र शाहको कानुनी हैसियत सामान्य नागरिकसरह छ । संसद् नागरिकप्रति उत्तरदायी हुन्छ, तर सरकार जनताप्रति जवाफदेही हुन्छ ।

२. संसदीय अधिकारको सीमा: संसद्ले कार्यकारी अधिकार नभएका कुनै पनि नागरिकलाई सिधै समितिमा बोलाउन सक्दैन । यस्तो कार्यले संसदीय गरिमा र मूल्य–मान्यतामाथि नै प्रश्न उठ्छ ।

३. सरकारको दायित्व: उक्त घटनामा पूर्वराजाको संलग्नताको विषयमा कारबाही गर्ने जिम्मेवारी सरकारको हो । संसद्ले प्रधानमन्त्री वा गृहमन्त्रीलाई कारबाही नभएको विषयमा जवाफदेही बनाउन सक्छ, तर सामान्य नागरिकलाई सिधै बोलाउन मिल्दैन । यद्यपि, संसद्को विशेषाधिकार हनन वा महाअभियोगको अवस्थामा भने सामान्य नागरिकलाई पनि झिकाउन सकिन्छ ।

४. संसदीय व्यवस्थाको मर्यादा: पूर्वराजालाई समितिमा बोलाउँदा उनको महत्व र गरिमा अनावश्यक रूपमा बढ्ने र उनलाई कार्यकारी अधिकार प्राप्त व्यक्तिको सन्देश जाने खतरा छ । यसले संसदीय व्यवस्थाको मूल्य–मान्यतामा ह्रास आउन सक्छ ।

भट्टराईले सरकारलाई नै उक्त प्रकरणमा जवाफदेही बनाउन र पूर्वराजामाथि किन कारबाही नभएको भनी प्रश्न गर्न सुझाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.