भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

कास्कीमा २ अस्थायी मतदान केन्द्र, कैदीबन्दी र कर्मचारीले समानुपातिकमा मात्र मत हाल्ने

कास्कीमा २ अस्थायी मतदान केन्द्र, कैदीबन्दी र कर्मचारीले समानुपातिकमा मात्र मत हाल्ने

मुख्य बुँदा

कास्कीमा २ अस्थायी मतदान केन्द्र तोकिए

जिल्ला कारागार र जिसस परिसरमा केन्द्र

करिब २,९०० अस्थायी मतदाता

समानुपातिकतर्फ मात्र मतदान गर्न पाइने

निर्वाचनमा खटिने कर्मचारीले आफ्नै केन्द्रबाट मतदान गर्न पाउने

पोखरा, ५ फागुन । कास्कीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि अस्थायी केन्द्र निर्धारण गरिएको हो ।

प्रदेश निर्वाचन कार्यालय कास्कीका प्रमुख नारायण ढकालका अनुसार जिल्ला कारागार कास्की र जिल्ला समन्वय समिति (जिसस) कास्कीमा अस्थायी मतदान केन्द्र राखिएको छ । कारागारमा रहेका कैदीबन्दीलाई मतदान अधिकार सुनिश्चित गर्न कारागारभित्रै केन्द्र स्थापना गरिएको हो । जिसस परिसरमा भने कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कास्की जिल्लामा करिब २ हजार ९ सय जना अस्थायी मतदाता रहेको तथ्याङ्क छ । अस्थायी मतदाता नामावली स्वीकृत भइसकेको कार्यालयले जनाएको छ ।

ढकालका अनुसार जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको उपस्थिती उच्च रहने अनुमान गरिएको छ । तर जिसस कार्यालयस्थित अस्थायी केन्द्रमा भने तुलनात्मक रूपमा कम सहभागिता हुन सक्ने आँकलन गरिएको छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएकै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएकाले जिसस केन्द्रमा संख्या कम हुन सक्ने बताइएको छ ।

अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने मतदाताले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्र मत हाल्न पाउनेछन् । प्रत्यक्षतर्फका उम्मेदवारलाई भने मत दिन नपाउने व्यवस्था रहेको निर्वाचन कार्यालयले स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.