भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

काठमाडौँ महानगर प्रहरी प्रमुखमा विष्णुप्रसाद जोशी नियुक्त

काठमाडौँ महानगर प्रहरी प्रमुखमा विष्णुप्रसाद जोशी नियुक्त

काठमाडौँ, ५ माघ २०८२ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको प्रमुखमा एसपी विष्णुप्रसाद जोशी नियुक्त भएका छन् । यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हालेका हुन् ।

जोशीले यसअघि काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन प्रमुख र मध्ये क्षेत्र कमान्ड प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले पाण्डेलाई निलम्बन गरेका बेला पनि जोशीले निमित्त प्रमुखको रूपमा काम गरिसकेका थिए ।

राजनीतिमा सक्रिय हुने घोषणा गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै एसएसपी पाण्डेले हिजोको मितिबाट लागू हुने गरी राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा महानगर प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन् ।

पदभार सम्हाल्दै जोशीले नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.