भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

ओली र बालेन झापा जाँदै , प्रचण्ड रुकुम र माधव नेपाल रौतहटतर्फ

ओली र बालेन झापा जाँदै , प्रचण्ड रुकुम र माधव नेपाल रौतहटतर्फ

काठमाडौँ, ५ माघ २०८२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू काठमाडौँबाट आ–आफ्ना निर्वाचन क्षेत्रमा जान थालेका छन् । यसैक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदैछन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी स्वरुप ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार बन्ने तयारीमा छन् । माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारीका साथ शाह आइतबार नै जनकपुर पुगेका छन् । उनी सोमबार झापा जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रास्वपाले शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड पनि सोमबार उम्मेदवारी दर्ताका लागि रुकुम पूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन प्रचण्ड सोमबार अपराह्न रुकुम पूर्व जाने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि आजै निर्वाचन क्षेत्र रौतहट जाने तयारीमा छन् । उनका निजी सचिव लक्ष्मण रेग्मीका अनुसार नेपाल सोमबार दिउँसो उम्मेदवारी दर्ताका लागि रौतहट प्रस्थान गर्दैछन् । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् ।