भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

सिन्धुली, ५ माघ , २०८२ । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनामा संलग्न सासू र नन्दलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

सिन्धुली जिल्ला अदालतका जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले हत्या अभियोग लागेकी सुशीलाकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार चित्रखर अधिकारीका अनुसार आइतबार दुवै जनालाई सिन्धुली कारागार पठाइएको छ ।

गत पुस ६ गते आफ्नै घरमा सुशीलामाथि पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा मायाँरानी बम्जन र मीना लामालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । अनुसन्धान पूरा भएपछि प्रहरीले माघ २ गते दुवै जनालाई अदालतमा पेस गरेको थियो । 

यस घटनामा संलग्न अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन भने हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत रहेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मुख्य योजनाकार भनिएका सुशीलाका श्रीमान् सूर्यबहादुर बम्जन हाल कोरियामा रहेकाले उनी नेपाल नआएको प्रहरीले जनाएको छ ।

दुर्गामान बम्जन र सूर्यबहादुर बम्जन दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । प्रहरीले प्रारम्भिक बयान , घटनास्थलको अवस्था र संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।

घटनापछि मृतक सुशीलाको न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.