भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

धार्चे गाउँपालिकाबाट भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

धार्चे गाउँपालिकाबाट भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ। गाउँपालिकाले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत मङ्गले विक, राजु विक, आइतसिंह कामी र रामबहादुर कामीलाई लालपुर्जा उपलब्ध गराएको जानकारी दिएको छ।

विसं २०८० को चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको थियो। तर, त्यस क्रममा सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरण कार्य झन्डै डेढ वर्षसम्म रोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार धार्चेमा भूमिहीन सुकुम्बासीको निवेदन परेको छैन। तर, अव्यवस्थित बसोबासीका २५० भन्दा बढी निवेदन परेका छन्, र उनीहरूलाई पनि जग्गाधनी प्रमाणपत्र वितरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ। गण्डकी प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेको सहभागितामा लालपुर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

विसं २०७९ असारमा गोरखाका ११ स्थानीय तहले भूमि समस्या समाधान आयोगसँग मिलेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरणको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए।गाउँपालिकाले लामो समयदेखि खेतीपाती गर्दै आएका भूमिहीन दलित परिवारलाई जग्गा प्रमाणिकरण गरेर अधिकार सुनिश्चित गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.