भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

धार्चे गाउँपालिकाबाट भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

धार्चे गाउँपालिकाबाट भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण

गोरखा । गोरखाको धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ। गाउँपालिकाले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत मङ्गले विक, राजु विक, आइतसिंह कामी र रामबहादुर कामीलाई लालपुर्जा उपलब्ध गराएको जानकारी दिएको छ।

विसं २०८० को चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको थियो। तर, त्यस क्रममा सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरण कार्य झन्डै डेढ वर्षसम्म रोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार धार्चेमा भूमिहीन सुकुम्बासीको निवेदन परेको छैन। तर, अव्यवस्थित बसोबासीका २५० भन्दा बढी निवेदन परेका छन्, र उनीहरूलाई पनि जग्गाधनी प्रमाणपत्र वितरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ। गण्डकी प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेको सहभागितामा लालपुर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

विसं २०७९ असारमा गोरखाका ११ स्थानीय तहले भूमि समस्या समाधान आयोगसँग मिलेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरणको प्रक्रिया अघि बढाउने सहमति गरेका थिए।गाउँपालिकाले लामो समयदेखि खेतीपाती गर्दै आएका भूमिहीन दलित परिवारलाई जग्गा प्रमाणिकरण गरेर अधिकार सुनिश्चित गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.