भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

महाशिवरात्रिमा पशुपतिनाथमा भक्तजनको घुइँचो , साधुसन्तको चहलपहल बढ्यो

महाशिवरात्रिमा पशुपतिनाथमा भक्तजनको घुइँचो , साधुसन्तको चहलपहल बढ्यो

काठमाडौं, ३ फागुन । हिन्दु धर्मावलम्बीहरूले आज महाशिवरात्रि पर्व देशभर श्रद्धा , भक्ति र उल्लासका साथ मनाइरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा मानिन्छ ।

धार्मिक ग्रन्थ शिवपुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा यो पर्व मनाइने विश्वास छ । यसलाई कालरात्रि , मोहरात्रि , सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ । आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको ठूलो भिड लागेको छ । बिहानैदेखि दर्शनका लागि लामबद्ध भएका श्रद्धालुहरूको संख्या बढ्दो छ ।

मन्दिर क्षेत्रमा साधुसन्तहरूको चहलपहल पनि उल्लेख्य देखिएको छ । साधु–बाबाहरूले धुनी बालेर ध्यान , जप तथा साधना गरिरहेका छन् भने दर्शनार्थीहरूले शिवको पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन् ।

महाशिवरात्रिलाई विशेषगरी दुःखी र कष्टपूर्ण जीवन बिताइरहेका मानिसको मनमा धर्म र सकारात्मकता जागृत गराउने दिनका रूपमा लिने धार्मिक मान्यता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.