भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

निर्वाचन आयोगको डिजिटल मतदाता शिक्षा अभियान सुरु , वडा–वडामा स्वयंसेवक परिचालन

निर्वाचन आयोगको डिजिटल मतदाता शिक्षा अभियान सुरु , वडा–वडामा स्वयंसेवक परिचालन

काठमाडौं, ३ फागुन । निर्वाचन आयोग ले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी विशेष मतदाता शिक्षा अभियान सुरु गरेको छ । फागुन ३ गतेदेखि सुरु भएको अभियान फागुन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार विगत निर्वाचनमा देखिएका कमजोरी सुधार गर्न यस पटक आयोग आफैंले नेतृत्व गर्दै कार्यक्रम सञ्चालन गरेको हो । अघिल्ला चुनावमा स्थानीय तहका कर्मचारी स्वयंसेवकका रूपमा परिचालित भए पनि यस पटक प्रत्येक वडामा आयोगले आफ्नै स्वयंसेवक नियुक्त गरी तालिम दिएर खटाएको छ ।

स्थानीय भाषा र परिवेश बुझ्ने स्वयंसेवकहरूले मतदातालाई सही मतदान विधिबारे जानकारी दिनेछन् । यस अभियानको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ हो । कागजको प्रयोग घटाउने उद्देश्यले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ ।

आयोगको आधिकारिक Facebook पेजमार्फत उपलब्ध भिडियो , एनिमेसन र ब्रोसर देखाएर मतदातालाई जानकारी दिइनेछ । घरदैलो कार्यक्रमका क्रममा नमूना मतपत्र र स्वस्तिक छाप प्रयोग गर्ने सही तरिका पनि सिकाइने जनाइएको छ ।

अभियानको प्रभावकारिता मूल्यांकन गर्न प्रविधिमार्फत अनुगमन व्यवस्था गरिएको छ । स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई निगरानी जिम्मेवारी दिइएको छ भने केन्द्रबाट WhatsApp समूहमार्फत दैनिक रिपोर्टिङ भइरहेको छ ।

आयोगले मतदातालाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी डिजिटल माध्यमबाट निर्वाचनसम्बन्धी जानकारी लिन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.