भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्थलीबाट सिधा काठमाडौं उडान सेवा बन्द

मन्थलीबाट सिधा काठमाडौं उडान सेवा बन्द

काठमाडौं । रामेछापको मन्थलीमा उडान शुरु गरेका बिमान कम्पनीहरुले मन्थली–काठमाण्डौं उडान सेवा बन्द गरेका छन् । मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजि बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए । तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाण्डौंका लागि उडान सेवा बन्द भएको हो ।

बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु अलपत्र परेका थिए । जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्गसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.