भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मन्थलीबाट सिधा काठमाडौं उडान सेवा बन्द

मन्थलीबाट सिधा काठमाडौं उडान सेवा बन्द

काठमाडौं । रामेछापको मन्थलीमा उडान शुरु गरेका बिमान कम्पनीहरुले मन्थली–काठमाण्डौं उडान सेवा बन्द गरेका छन् । मन्थलीबाट काठमाण्डौं र काठमाण्डौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै बिमान कम्पनीहरुले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भिषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातयात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेश्रो सातादेखी निजि बिमान कम्पनीहरुले दैनिक एक उडान गर्दै आएका थिए । तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली बिमानस्थलमा बिगत दुइसाता देखी काठमाण्डौंका लागि उडान सेवा बन्द भएको हो ।

बिना सुचना बिमान कम्पनीहरुले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरु अलपत्र परेका थिए । जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ्गसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि उडान शुरु गरेका बिमान कम्पनीहरुले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरु मारमा परेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरु गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.