भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

जम्मू–कश्मीरमा भीषण आतङ्कवादी आक्रमणः मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फर्किए

जम्मू–कश्मीरमा भीषण आतङ्कवादी आक्रमणः मोदी साउदी भ्रमण छोट्याएर स्वदेश फर्किए

एजेन्सी । जम्मू–कश्मीरको शान्त पहाडी क्षेत्र पहलगाम एकाएक रगताम्य भयो, जब पर्यटकले भरिएको एउटा क्षेत्र भीषण आतङ्कवादी हमलाको चपेटामा पर्यो। आक्रमण यति भयानक थियो कि २२ जना भारतीय पर्यटक, २ स्थानीय बासिन्दा र दुई विदेशी नागरिक–एक नेपाली र एक युएईका–को मृत्यु भयो।

यो घटनाले भारत मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि झस्काएको छ। साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको खबर पाउनेबित्तिकै आफ्नो यात्रा छोट्याएर स्वदेश फिर्ता भएका छन्। मोदीले विमानस्थलमै उच्च अधिकारीहरूसँग सिधा संवाद गरेर घटना विवरण बुझेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारत सरकारले तत्कालै सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ। देशभरि सुरक्षा सतर्कता बढाइएको छ भने जम्मू–कश्मीरमा सेना थप परिचालन गरिएको छ। घटनाको जिम्मेवारी लश्कर–ए–तैयबाको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको बताइएको छ।

यो हमला भारतका लागि केवल एउटा सुरक्षाको चुनौती मात्र होइन, मानवता र पर्यटनमाथिको खुला आक्रमण पनि हो। घटनापछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, मृतकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु। यो कायरता पूर्ण कार्यको जवाफ अवश्य दिइनेछ।

 


Thali Mobile Pvt.Ltd.