भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयो

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइयो

काठमाण्डौ । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइएको छ । ‘दिगो विकास लक्ष्य हासिल गर्न साहित्यको भूमिका’ नाराका साथ मनाइएको यो दिवसले पठन संस्कृति र बौद्धिक सम्पत्तिको संरक्षणमा जोड दिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९५ मा अप्रिल २३ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसको उद्देश्य पुस्तक, लेखक र पठन संस्कृतिप्रति सम्मान व्यक्त गर्नुका साथै प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउनु हो ।

नेपालमा वि.सं २०२२ मा प्रतिलिपि अधिकारसम्बन्धी कानून लागू भएको थियो । आजको दिन विश्व साहित्यका लागि पनि विशेष छ, किनभने विलियम शेक्सपियर र इन्का गार्सिलासो डेला भेगाको निधन यही दिन भएको थियो ।

पहिले स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाइन्थ्यो, तर उनको निधन २३ अप्रिलमा भएकाले पछि यो मिति तय गरिएको हो । विभिन्न कार्यक्रमसहित आज यो दिवस विश्वभर मनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.