भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना

कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना

काठमाडौं, ६ असार । नेपालमा कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराईका धेरै क्षेत्रमा मौसम मुख्यतः सफा देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा, साथै कोशी प्रदेशको तराई क्षेत्रमा समेत बादल लाग्ने सम्भावना छ। मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर र बागमती तथा गण्डकीका तराई क्षेत्रमा तातो दिन कायम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिएको छ। राति पनि विभिन्न प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षा जारी रहने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.