भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी

काठमाडौं (एजेन्सी)। इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। दक्षिणी लेबनानमा भएको भीषण हवाई आक्रमण र प्रतिआक्रमणपछि यो सहमति सार्वजनिक गरिएको हो।

पछिल्ला भिडन्तमा लेबनानको दक्षिणी क्षेत्रमा ४७ जनाको मृत्यु भएको र त्यसपछि तनाव थप चुलिएको बताइएको छ। सो घटनापछि भएको समझदारीले क्षेत्रीय युद्ध थप फैलिन सक्ने चिन्ता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ।

इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरेको भए पनि आफ्ना सुरक्षा बलहरूले “तात्कालिक खतरा” हटाउने कार्य जारी रहने जनाएको छ। यता हिजबुल्लाहले भने औपचारिक रूपमा युद्धविरामको पुष्टि गरेको छैन, तर संगठनका महासचिव शेख नइम कासिमले इजरायलको रणनीति असफल भएको टिप्पणी गरेका छन्।

स्थानीय उद्धारकर्मीहरूका अनुसार युद्धविराम सुरु भएयता पनि नबातीह क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको दाबी गरिएको छ, जसले युद्धविरामको कार्यान्वयनमाथि प्रश्न उठाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको भनिएको यस समझदारीलाई इरानसँग जोडिएको व्यापक कूटनीतिक प्रयासको हिस्सा मानिएको छ। तर क्षेत्रीय पक्षहरूले एकअर्कामाथि उल्लंघनको आरोप लगाउँदै आएका छन्।

यसैबीच आगामी हप्तामा वासिङ्टनमा लेबनान र इजरायलबीच प्रत्यक्ष वार्ता पुनः सुरु हुने तयारी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। लेबनानी पक्षले भने आक्रमण पूर्ण रूपमा रोकिएपछि मात्र वार्ता अघि बढाउनुपर्ने अडान राखेको छ।

विश्लेषकहरूका अनुसार औपचारिक युद्धविराम घोषणा भए पनि जमिनमा जारी आक्रमणले सम्झौताको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।

 


Thali Mobile Pvt.Ltd.