भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मुग्लिङ–नारायणगढ सडक दुबैतर्फ सञ्चालन, संखुवासभाको कोशी राजमार्ग अझै अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक दुबैतर्फ सञ्चालन, संखुवासभाको कोशी राजमार्ग अझै अवरुद्ध

काठमाण्डौ, १३ असोज । मुग्लिङ–नारायणगढ सडकखण्डमा बिहान सानो पहिरो खसेपछि केही घण्टासम्म अवरुद्ध भएको सडक अहिले दुबैतर्फ संचालनमा आएको छ । बिहान सात बजेतिर खसेको पहिरोलाई तत्कालै सडक डिभिजन कार्यालय भरतपुरले पन्छाएर सञ्चालनमा ल्याएको हो ।

कार्यालयले यात्रु तथा चालकलाई लेन अनुशासन पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।यसैबीच, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा भने सडक अझै अवरुद्ध छ ।

अरु अधिकांश राजमार्ग सञ्चालनमा रहे पनि लगातार भइरहेको वर्षाका कारण हिलो हुने, साना अबरोध हुने क्रम जारी छ । दशैंको यात्रालाई सहज बनाउन सरकारले प्रमुख राजमार्गमा पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सडक विभागले जनाएको छ ।

प्रहरीले लगातार वर्षा भइरहेकाले यात्रु र चालकलाई बाटोको अवस्था बुझेर मात्र सुरक्षितसाथ यात्रा गर्न सुझाव दिएको छ । यता, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कतिपय चालकहरूले लामो समयसम्म नसुतीकन सवारी संचालन गरिरहेको पाइएकाले यसो नगर्न आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.