भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुग्लिङ–नारायणगढ सडक दुबैतर्फ सञ्चालन, संखुवासभाको कोशी राजमार्ग अझै अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक दुबैतर्फ सञ्चालन, संखुवासभाको कोशी राजमार्ग अझै अवरुद्ध

काठमाण्डौ, १३ असोज । मुग्लिङ–नारायणगढ सडकखण्डमा बिहान सानो पहिरो खसेपछि केही घण्टासम्म अवरुद्ध भएको सडक अहिले दुबैतर्फ संचालनमा आएको छ । बिहान सात बजेतिर खसेको पहिरोलाई तत्कालै सडक डिभिजन कार्यालय भरतपुरले पन्छाएर सञ्चालनमा ल्याएको हो ।

कार्यालयले यात्रु तथा चालकलाई लेन अनुशासन पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।यसैबीच, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा भने सडक अझै अवरुद्ध छ ।

अरु अधिकांश राजमार्ग सञ्चालनमा रहे पनि लगातार भइरहेको वर्षाका कारण हिलो हुने, साना अबरोध हुने क्रम जारी छ । दशैंको यात्रालाई सहज बनाउन सरकारले प्रमुख राजमार्गमा पन्छाउने उपकरण तयारी अवस्थामा राखेको सडक विभागले जनाएको छ ।

प्रहरीले लगातार वर्षा भइरहेकाले यात्रु र चालकलाई बाटोको अवस्था बुझेर मात्र सुरक्षितसाथ यात्रा गर्न सुझाव दिएको छ । यता, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कतिपय चालकहरूले लामो समयसम्म नसुतीकन सवारी संचालन गरिरहेको पाइएकाले यसो नगर्न आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.